Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

अर्थमन्त्री पौडेलको उपप्रधानमन्त्री पद गुम्यो

अर्थमन्त्री पौडेलको उपप्रधानमन्त्री पद गुम्यो

काठमाडौं, ९ असार । उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलको उपप्रधानमन्त्री पद गुमेको छ। सर्वोच्च अदालतले संसद विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तार बदरको यसअघिको आफ्नो आदेशलाई सच्याएपछि विष्णुप्रसाद पौडेललाई दिइएको उपप्रधानमन्त्री पद पनि गुम्ने भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मंगलबार गरेको आदेशमा पौडेल उपप्रधानमन्त्री कायम रहेको उल्लेख थियो। तर उक्त आदेशमा त्रुटि भएको भन्दै पौडेललाई उपप्रधानमन्त्री लेखिएकोमा सच्याएर अर्को आदेश लेख्ने तयारी भइरहेको छ।

योसँगै अब पौडेल अर्थ मन्त्रीमात्र रहने भए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *