Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निषेधाज्ञा खुकुलो भएसँगै दुई सरकारी संस्थानले उपभोक्तालाई दिदै आएको छुट बन्द

निषेधाज्ञा खुकुलो भएसँगै दुई सरकारी संस्थानले उपभोक्तालाई दिदै आएको छुट बन्द

काठमाडौं, ९ असार । वैशाख १६ देखि जारी निषेधाज्ञा खुकुलो भएसँगै सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले खाद्यन्न खरिदमा उपभोक्तालाई दिदै आएको छुट बन्द गरेका छन् । निषेधाज्ञा अवधिमा उपभोक्ताहरुलाई २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गरिँदै आएको थियो ।

सरकारले आगामी वर्षको बजेट मार्फत निषेधाज्ञा अवधीभरका लागि यस्तो छुट दिने व्यवस्था गरेको थियो । उपभोक्ताहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने एसटिसी ग्यास किन्दा जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए । परिवर्तित स्थितिअनुसार छुट दिन स्थगित गरिएको साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x