Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

११ महिनामा १५ खर्ब नाघ्यो मुलुकको वैदेशिक व्यापार

११ महिनामा १५ खर्ब नाघ्यो मुलुकको वैदेशिक व्यापार

काठमाडौं, १० असार । कोभिड महामारीकै बीच मुलुकको वैदेशिक व्यापारले भने एक वर्ष अवधिमै ठूलो फड्को मारेको छ । भन्सार विभागले आज (बिहीवार) सार्वजनिक गरेको मुलुकको वैदेशिक व्यापारको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो । एक वर्ष अवधिमा नेपालको वैदेशिक व्यारमा २६.५६ प्रतिशतको वृद्धि भएको छ ।

विभागका अनुसार जेठ मसान्तसम्मममा नेपालले विभिन्न मुलुकसँग कुल १५ खर्ब ४ अर्ब ६१ कराड ८८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । गत आवको यसै अवधिमा यो ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख रुपैयाँ बराबरको थियो ।

चालू आवको ११ महिनामा नेपालबाट आयात निर्यात दुवैमा उच्च वृद्धि भएको छ । सो अवधिमा वस्तु तथा सेवाको आयात मात्रै कुल १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ बराबरको भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २५.६७ प्रतिशतले बढी हो ।

यस्तै सोही अवधिमा मुलुकबाट विभिन्न देशमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निकासी भएको छ । यो गत आवको तुलनामा ३७.७८ प्रतिशतले धेरै हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x