महालक्ष्मी विकास बैंकद्वारा मिस्ड कल सेवाको सुरुवात
काठमाडौं, १० असार । महालक्ष्मी विकास बैंकले महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ महामारीको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले यस सेवा संचालनमा ल्याएको हो ।
बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिस्ड कल गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी कल ब्याक जानकारी उपलब्ध गराउने छन् ।
यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्ने बैंकले जनाएको छ ।



