काठमाडौं महानगरपालिकाले १९ अर्बको बजेट ल्यायो
काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले करिब १९ अर्ब रुपैयाँको बजेट ल्याएको छ। महानगरले आज आगामी आर्थिक वर्ष २०७८–७९ का लागि १८ अर्ब ९५ करोड रुपैयाँको बजेट ल्याएको हो।
यसमा सबैभन्दा बढी उपत्यकाको पूर्वाधार विकासलाई १० अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ। यसैगरी महानगरले प्रशासनिक खर्चका लागि ३ अर्ब ७५ करोड र सामाजिक विकासतर्फ २ अर्ब ७० करोड बजेट छुट्याएको छ ।
यस्तै बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।