Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

ज्योति विकास बैंकले असार २० देखि १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

ज्योति विकास बैंकले असार २० देखि १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, ११ असार । ज्योति विकास बैंकले असार २० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

त्यसमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ । सर्वसाधारणको लागि निष्कासन गर्ने ६ लाख कित्ता ऋणपत्र मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएको र बाँकी ५ लाख ७० हजार ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउने जनाकारी दिइएको छ।

ऋणपत्रमा आवेदन छिटोमा असार २३ सम्म र ढिलोमा साउन ३ गते बैंकिङ समयसम्म दिन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *