Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जाको सुविधा

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जाको सुविधा

काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले शुक्रवार ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो ।

निजीक्षेत्रबाट सञ्चालन भएका आर्थिक रूपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ । कूल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनर्कर्जा प्रदान गरिनेछ । अध्ययन समितिले १० मेगावाटभन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो । कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ ।

केन्द्रीय बैंकले प्रतिग्राहक रू. १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, ५ करोडसम्मका विशेष र साधारण पुनर्कर्जा उपलब्ध लगराएको छ । उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x