Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

८२ प्रतिशत नाघ्यो सरकारको राजस्व संकलन

८२ प्रतिशत नाघ्यो सरकारको राजस्व संकलन

काठमाडौं, १६ असार । चालू आर्थिक वर्ष सकिन दुई हप्ता बाँकी रहँदा सरकारको राजस्व संकलन बढ्दै गएको छ । जेठ मसान्तसम्ममा वार्षिक लक्ष्यको ८० प्रतिशत राजस्व असुली भएकोमा २ हप्तामा २ प्रतिशतभन्दा धेरैले बढेर मंगलवारसम्ममा ८२.६६ प्रतिशत पुगेको छ ।

सरकारले चालू आवमा कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य राखेकोमा असार १५ गतेसम्ममा ८ खर्ब ३६ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ संकलन भएको हो ।

मंगलवारसम्ममा कर राजस्वतर्फ लक्ष्यको ८५.६२ प्रतिशत प्रगति भएको छ । कर राजस्वको वार्षिक लक्ष्य ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ रहेकोमा ७ खर्ब ८१ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ असुली भएको छ । यस्तै गैरकर राजस्वतर्फ वार्षिक लक्ष्य ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँमध्ये ५४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ संकलन भएको महालेखाको तथ्यांकले देखाएको छ ।

यसैगरी अनुदानतर्फ लक्ष्यको १६.६५ प्रतिशत असुली भएको छ । चालू आवमा सरकारले ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ अनुदान प्राप्तिको लक्ष्य राखेकोमा असार १५ सम्ममा १० अर्ब ७ करोड ५४ लाख रुपैयाँ मात्र प्राप्त हुन सकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x