Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जनसंख्याको १३४ प्रतिशतमा पुग्यो फोनको पहुँच

जनसंख्याको १३४ प्रतिशतमा पुग्यो फोनको पहुँच

काठमाडौं, १६ असार । मुलुकमा कुल जनसंख्याको १३४.२१ प्रतिशतमा फोनको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा हालै प्रकाशित चालू आवको चैत मसान्तसम्मको एमआईएस प्रतिवेदनले यस्तो देखाएको हो । केन्द्रीय तथ्यांक विभागको जनसंख्या प्रक्षेपण २०११–२०३० (३ करोड २२ लाख ९ हजार ९६६)लाई आधार मानेर प्राधिकरणले सो तथ्यांक तयार पारेको हो ।

फोनको कुल पहुँचमा मोबाइलको हिस्सा सबैभन्दा धेरै अर्थात् १३१.५३ प्रतिशत रहेको छ भने फिस्ड लाइनको टेलिफोन प्रयोगकर्ताको संख्या २.६७ प्रतिशत रहेको छ ।

उक्त अवधिमा नेपाल टेलिकमका ग्राहक (फिस्ड लाइन र मोबाइलतर्फको गरी) सबैभन्दा धेरै २ करोड १९ लाख ६९ हजार ३५२ पुगेका छन् भने दोस्रो स्थानमा रहेको एनसेलको फोन (जीएसएम) प्रयोगकर्ता संख्या १ करोड ६२ लाख ७० हजार ३१६ पुगेको छ । यस्तै तेस्रो स्थानमा रहेको एसटीपीएल कम्पनीका फोन (जीएसएम) प्रयोगकर्ता २३ लाख २९ हजार ३३७ पुगेको छ ।

सोही अवधिमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ८८.९३ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांक छ, जसमध्ये मोबाइल ब्रोडब्याण्डको हिस्सा सबैभन्दा बढी ६५.३९ प्रतिशत रहेको छ भने फिक्स्ड ब्रोडब्याण्ड (वायर्ड)तर्फका इन्टरनेट प्रयोगकर्ता २२.७८ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x