Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सामाजिक सञ्जालमार्फत बैंकको गोप्य विवरण माग्नेहरुसँग सजग रहन बैंकर्स संघको आग्रह

सामाजिक सञ्जालमार्फत बैंकको गोप्य विवरण माग्नेहरुसँग सजग रहन बैंकर्स संघको आग्रह

काठमाडौं, १६ असार । नेपाल बैंकर्स संघले पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको बारेमा सचेत गराएको छ । संघले विज्ञप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई रकम पठाउनका लागि भन्दै खाता÷व्यक्तिगत विवरण माग गर्ने गरेकोप्रति ग्राहकहरुलाई सचेत गराउँदै आफ्नो गोप्य विवरण नदिन आग्रह गरेको हो ।

त्यस्ता व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं., मोबाइल नं., पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारी आएकाले सजग रहन संघले आग्रह गरेको छ । त्यस्ता माग आएमा सजग रही आफ्नो व्यक्तिगत÷गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न सबैं बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई भनेको छ ।

साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गरेको छ । सजगताका साथ डिजिटल बैंकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न ग्राहकहरुमा एसोसियशनले अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x