Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेप्से परिसूचक घटेर बन्द, ५ अर्बको शेयर कारोबार

नेप्से परिसूचक घटेर बन्द, ५ अर्बको शेयर कारोबार

काठमाडौं, १६ असार । बुधबार (आज) नेप्से परिसूचक ४.१३ अंक घटेर बन्द भएको छ । हिजोको तुलनामा नेप्से परिसूचक ०.१५ प्रतिशत घटेर २८२३.८७ विन्दुमा रोकिएको हो ।

आज २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ८५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि पोखरा फाइनान्स लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ६०५ रुपैयाँ कायम भएको छ ।
आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ३० अर्ब ४२ करोड ५८ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार १८० रुपैयाँ रहेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि वृत्त र विकास बैंक समूहको भएको छ । यी समूहको परिसूचक क्रमशः ५.८१ प्रतिशत र ३.३७ प्रतिशतले भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x