माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहामा, शाखा सञ्जाल १६१ पुग्यो

काठमाडौं, १६ असार । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिरहाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोे एवं सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले बुधवार संयुक्त रुपमा उद्घाटन गरे ।

यो नयाँ शाखासँगै सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ ।

बैंकले सातै प्रदेशमा गरी आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैंकिङ सेवा समेत गरी ३२६ स्थानबाट सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०० वटाभन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *