Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चामल आयातको वार्षिक वृद्धि ५६ प्रतिशत, ११ महिनामै ४८ अर्बको पैठारी

चामल आयातको वार्षिक वृद्धि ५६ प्रतिशत, ११ महिनामै ४८ अर्बको पैठारी

काठमाडौं, १७ असार । खाद्यान्नको आयात प्रतिस्थापन हुनेगरी उत्पादन तथा उत्पादकत्व बढ्न नसक्दा यस्ता वस्तुमा नेपालको परनिर्भता चुलिँदै गएको छ । दैनिक उपभोग्य प्रमुख खाद्यान्नको आयातकै लागि वर्षेनि अर्बौं रुपैयाँ बाहिरिँदा मुलुकको वैदेशिक व्यापार घाटा डरलाग्दो रूपमा बढेको छ भने आम उपभोक्ताको भान्छा महँगिँदै गएको छ ।

भन्सार विभाग र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिना अवधिमा नेपालले चामल मात्रै ४८ अर्बभन्दा बढीको आयात गरेको छ । प्रमुख आयात गन्तव्य मुलुकहरू भारत, अमेरिका र चीनबाट सो अवधिमा कुल ४८ अर्ब १६ करोड २३ लाख रुपैयाँ बराबरको चामल आयात भएको तथ्यांकले देखाएको छ, जुन गतवर्षको तुलनामा ५६.२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा ३० अर्ब ८२ करोड ५८ लाख रुपैयाँको चाम भित्रिएको थियो ।

समीक्षा अवधिमा भारतबाट सबैभन्दा धेरै अर्थात् ४७ अर्ब ९४ करोड २१ लाख रुपैयाँ बराबरको चामल पैठारी भएको देखिन्छ । यस्तै बाँकी दुई मुलुक अमेरिका र चीनबाट क्रमशः १५ करोड १८ लाख र ६ करोड ७१ लाख रुपैयाँको चामल भित्रिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x