Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

इन्भेष्टर्स फोरमको १९ बुँदे मागपत्र, माग सम्बोधन नभए आन्दोलनमा जाने

इन्भेष्टर्स फोरमको १९ बुँदे मागपत्र, माग सम्बोधन नभए आन्दोलनमा जाने

काठमाडौं, १३ चैत्र । नेपाल इन्भेष्टर्स फोरमले पूँजी बजारको विकास र लगानीकर्ताहरुको हकहितको सुरक्षाको लागि चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । शेयर बजार थप घट्न अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिले उर्जा थपेको आरोप लगाउँदै फोरमले १९ बुँदे मागपत्र प्रस्तुत गदैै एक साता भित्र माग सम्बोधन नभए आन्दोलनमा जाने घोषणा गरेको हो ।

फोरमले पुर्ण अनलाईन कारोबार प्रणाली सम्झौता गरिएको अवधि भित्रै लागू गर्न, ब्रोकर मार्फत शेयर धितो कर्जाको ब्यवस्था, वाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स, शेयर धितो कर्जाको सीमा धितो मूल्यांकनको ७० प्रतिशत कायम गनुपर्ने, शेयर कर्जामा लगाइएको पुँजीगत जोखिमको भार १०० प्रतिशतमा झार्नुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, गैह्र(आवासीय नेपालीलाई पूँजी बजारमा भित्र्याउने कानुन तत्काल ल्याउनुपर्ने लगायतका १९ बुँदै मागपत्र प्रस्तुत गरेको छ ।

पूँजीबजारको विकास र विस्तारको लागि विगतमा उठाइएका मागहरु सम्बोधन नहुनु नै शेयर बजार घट्नुको प्रमुख कारण रहेको फोरमले बताएको छ । विगतमा जिम्मेवार नियामक निकायहरुको अदुरदर्शी नीतिका कारण तरलताको अभाव खेप्नुपरेको भन्दै आपूर्तीको कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरुको पूँजी बजार प्रतिको दृष्टिकोण र कमजोर प्रबिधी, पूर्वाधार तथा लगानीकर्ता मैत्री ऐन कानूनहरु नहुनु प्रमुख जिम्मेवार भएको ठहर फोरमको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x