Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चोभार सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा, सञ्चालनको मोडालिटी टुंगो लगाइँदै

चोभार सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा, सञ्चालनको मोडालिटी टुंगो लगाइँदै

काठमाडौं, २१ असार । काठमाडौंको चोभारमा १ अर्ब ८० करोड लागतमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको अधिकांश भौतिक निर्माण सम्पन्न भइसकेकाले आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउन यसको मोडालिटी तय गर्न समिति गठन गरेर काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोजकत्व एवं भन्सार विभाग र समितिको प्रतिनिधित्व रहेको उक्त समितिले सञ्चालनको मोडालिटीबारे टुंगो लगाउनेछ । यस्तै सुक्खा बन्दरगाह सञ्चालन गर्न भन्सार विभागले समेत कार्यदल गठन गरी भन्सार प्रयोजनका लागि आवश्यक कार्यविधि निर्माण गरिरहेको बताइएको छ ।

बन्दरगाह सञ्चालनका लागि आवश्यक संरचना बनिसकेको र बाँकी रहेका केही काम छिट्टै सकिने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिएका छन् । यसै महिनाभित्र बन्दरगाह निर्माण सम्पन्न हुने उनले बताए ।

बन्दरगाहमा भन्सार, क्वारेन्टिन र प्रशासनिक भवन निर्माण भइसकेको छ । यसैगरी चेकजाँचका लागि तीनवटा एप्रिजल सेट, दुईवटा ठूला गोदाम, कन्टेनर यार्ड र पार्किङ यार्ड तयार भइसकेको जानकारी दिइएको छ । यस्तै बन्दरगाह प्रवेश गर्ने तीनवटा गेटको निर्माण सम्पन्न हुँदै छ ।

काठमाडौंमा बनेको सुक्खा बन्दरगाहका कारण बाहिरी देशबाट सीधै काठमाडौंमा आउने सामग्री ल्याउन सहज हुनेछ । व्यापार सहजीकरण र सामानको ढुवानी तथा ओसारपसारको लागत मूल्य घटाउन यसले ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x