Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

‘मेक इन नेपाल–स्वदेशी’ अभियानको कार्यान्वयन शुरु

‘मेक इन नेपाल–स्वदेशी’ अभियानको कार्यान्वयन शुरु

काठमाडौंं, २१ असार । स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले शुरु गरिएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन सुरु भएको छ । नेपाल उद्योग परिसङ्घले नेपाल सरकारसँग समझदारी गरी अघि बढाएको अभियान कार्यान्वयनका लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको परिसङ्घले बताएको छ ।

यो अभियानमा आबद्ध हुन चाहने स्वदेशी उद्योग–व्यवसायले वेब पोर्टलमार्फत आवेदन दिन सक्ने परिसङ्घले विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्राप्त आवेदनमाथि स्वदेशी कार्यसम्पादन समितिले मूल्याङ्कन गरी मापदण्ड पूरा गरेका व्यवसायलाई अनलाइनमार्फत नै स्वदेशीका लागि अनुमोदन गरी थप प्रक्रिया अघि बढाउनेछ । वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने यस्ता उत्पादकले अनलाइनमार्फत नै स्वदेशीको सदस्यता प्राप्त गर्नसक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो ।

यो अभियानअन्तर्गत वार्षिक एक हजार उद्योग दर्ता, कुल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा उद्योगको योगदान २२ प्रतिशत पु(याउने, वार्षिक एक हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र सन् २०२५ सम्ममा चार अर्ब ६० करोड अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ । स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु नै मेक इन नेपाल स्वदेशीको लक्ष्य रहेको नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतीशकुमार मोरले बताए । यस अभियानले नेपाली वस्तुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने र आन्तरिक तथा बाह्य बजारमा उपभोग बढाउने लक्ष्य राखेको उनको भनाइ छ । अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x