Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुनको मूल्य बढेर तोलाको ९१ हजार आठ सय पुग्यो

सुनको मूल्य बढेर तोलाको ९१ हजार आठ सय पुग्यो

काठमाडौं, २२ असार । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x