Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

आज पनि घट्यो शेयर बजार, ४ अर्बको कारोबार

आज पनि घट्यो शेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं, २२ असार । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साता देखिनै लगातार ओरालो लागेको नेप्से परिसूचक आज ५.२४ अंक घटेर २८१८.१० विन्दुमा रोकिएको हो । आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५८ करोडको शेयर कारोबार भएकोमा आज झण्डै ३९ करोड रुपैयाँ घटेको छ । आज २२० कम्पनीको १ करोड १ लाख ३५ हजार कित्ता शेयर ४ अर्ब २२ करोड ४० लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेर बन्द भएको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ समूह ०.१९ प्रतिशत, निर्जीवन बीमा समूह १.२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.०२ प्रतिशत, लघुवित्त समूह ०.०३ प्रतिशत र जीवन बीमा समूह ०.०३ प्रतिशत रहेका छन् । सर्वाधिक परिसूचक घट्नेमा लगानी समूह रहेको छ । यो समूहको २.१३ प्रतिशतले परिसूचक घटेको छ ।

आज हाइड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको शेयर मूल्य ५.५३ प्रतिशतले घटेको हो । आज यो कम्पनीको शेयर मूल्य ४४४ रुपैयाँ कायम भएको छ । त्यस्तै अपर लामाकोशीको शेयर मूल्य पनि ५.०४ प्रतिशतले घटेको छ । यो कम्पनीको शेयर मूल्य ७१६ रुपैयाँ कायम भएको छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य ८.३१ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य २२ हजार ५२ रुपैयाँ कायम भएको छ । त्यस्तै माउन्टेन इनर्जी नेपाल लिमिटेडको पनि शेयर मूल्य ५.२१ प्रतिशतले वृद्धि भएर ८६९ रुपैयाँ कायम भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको ३५ करोड ८९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x