Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोरोनाले रोकिएको जनगणना असोज १ देखि गर्ने तयारी

कोरोनाले रोकिएको जनगणना असोज १ देखि गर्ने तयारी

काठमाडौं, २३ असार । प्रत्येक १०–१० वर्षमा गरिदै आएको राष्ट्रिय जनगणना आगामी असोज १ देखि सुरु गर्ने योजना बनाइएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार १ असोजदेखि १५ असोजसम्म जनगणना गर्ने गरी प्रस्ताव अघि बढाइएको छ ।

असार ८ गते नै सम्पन्न भइसक्नुपर्ने जनगणना कोरोना महामारीका स्थगित गरिएको थियो । विभागले अघि बढाएको प्रस्ताव मन्त्रिपरिषद्मा पुग्ने छ र अबको एक हप्ताभित्रै जनगणनाको नयाँ मिति घोषणा हुने विभागले जनाएको छ ।

जनगणनाको तयारी केही दिनपछि नै सुरु गर्ने र मूल गणना भने असोज १ देखि थालेर १५ दिनभित्र सक्ने लक्ष्य विभागको रहेको छ । नेपालमा वि.सं १९६८ सालबाट जनगणना सञ्चालन गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x