Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

इसेवाबाट कुनैपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

इसेवाबाट कुनैपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

काठमाडौं, २३ असार । इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गतेदेखि असार मसान्तसम्म लागु हुने जनाइएको छ ।

यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x