सुनको मूल्य बढेर ९२ हजार २०० पुग्यो
काडमाडौं, २३ असार । स्थानीय बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ । छापावाल सुन आज ४०० रुपैयाँ बढेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ९१ हजार ७०० रहेको महासंघले जनाएको छ । चाँदी आज हिजोभन्दा १० रूपैयाँ घटेको १ हजार ३२० रूपैयाँ निर्धारण भएको छ ।