Shangrila

मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ जारी गर्न अनुमति पायो

काठमाडौं, २४ असार । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेड गर्नेछ । आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता आईपीओ बिक्री गरिसकेको छ । कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *