पहिलो पटक जीवन बीमालेख सम्बन्धि निर्देशिका जारी, बीमालेख स्वीकृति सरल र सहज हुने

काठमाडौं, २४ असार । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले जीवन बिमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गरेको छ । बीमालेख स्वीकृति प्रक्रियालाई सरल र व्यवस्थित बनाई एकरुपता कयम गर्न उक्त निर्देशिका जारी गरेको समितिले जनाएको छ ।

पहिलोपटक जारी भएको बिमालेख सम्बन्धी निर्देशिकामा भ्रममा पारी बिमालेख बिक्री गर्न नपाइने उल्लेख छ । ‘बिमकले कुनै पनि प्रकारले बिमितलाई बिमालेखको शर्त तथा सुविधा सम्बन्धी गतल विवरण उपलब्ध गराई भ्रममा पारी बिमालेख बिक्री गर्न पाउने छैन ।’ निर्देशिकामा उल्लेख छ । यस्तै बीमालेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बिमालेख बजारीकरण योजना र न्युनतम ३ वर्षको वित्तीय प्रक्षेपण गरी बीमालेखको व्यवसायिक योजना तयार पार्नुपर्नेछ ।

यस्तै बीमा कम्पनीले बीमालेख अन्तर्गत ३ वर्षको बीमाशुल्क प्राप्त भएपछि मात्रै बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखि ऋण लिन पाउने व्यवस्था गरेको छ। यो निर्देशिका बुधबारदेखि लागू भएको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *