Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेसनल र महिला सहयात्रा लघुवित्तको एकीकृत कारोबार असार ३० गतेदेखि

नेसनल र महिला सहयात्रा लघुवित्तको एकीकृत कारोबार असार ३० गतेदेखि

काठमाडौं, २५ असार । नेसनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तले असार ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई एक्विजिसन गरेर नेसनल माइक्रोफाइनान्सको नामबाट सेयर कारोबार गर्न लागिएको हो ।

जेठ २५ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते एक्विजिसन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो ।

नेसनल माइक्रोफाइनान्सले १००ः६८ अनुपातमा महिला सहयात्रालाई प्राप्ति गरेको हो । जसअनुसार महिला सहयात्राको १०० कित्ता सेयर हुने सेयरधनीले मर्जपछि बनेको नेसनलको ६८ कित्ता सेयर पाएका छन् ।

महिला सहयात्रिको आसार २९ गते एक दिन कारोबार बन्द रहने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x