Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बुटवल पावर कम्पनीको एफपिओ वाँडफाँड

बुटवल पावर कम्पनीको एफपिओ वाँडफाँड

काठमाडौं, १४ चैत्र । एनएमवि क्यापिटलले बुटवल पावर कम्पनीले निष्कासन गरेको थप नयाँ शेयर निष्कासन एफपिओ को बाँडफाँड गरेको छ । क्यापिटलले आज बुधबार बुटवल पावर कम्पनीको एफपिओ बाँडफाँड गरेको हो ।

बुटवल पावर कम्पनीले ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता थप शेयर निष्कासन गरेको थियो । कम्पनीले ४०१ रुपैयाँ प्रिमियममा थप शेयर निष्कासन गरेको हो । कम्पनीले थप शेयर निष्कासनको लागि बिक्री प्रवन्धकमा एनएमबि क्यापिटललाई र सह बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको थियो ।

एनएमवि क्यापिटलले ८४ हजार ८०४ जना आवेदनकर्ताहरुलाई २८ लाख ५९ हजार कित्ता थप शेयर बाँडफाँड गरेको छ । यस्तै कम्पनीको बाँकी रहेको १२ लाख २१ हजार कित्ता शेयर यस थप शेयर निष्कासनको अन्डर राइटरहरु एनएमबि क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईविएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई समुन्नत स्किम १, नबिल इन्भेष्टमेन्ट बैंकिङ, नबिल व्यालेन्सड् फण्ड १ र नबिल इक्विटी फण्डलाई बाँडफाँड गरिएको छ ।

एफपिओ बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x