बोनस पछि नेपाल लाईफको मुल्य समायोजन

काठमाडौं, १४ चैत्र । नेपाल स्टक एक्सचेन्जले नेपाल लाईफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार कम्पनीको शेयर १११६ रुपैयाँमा मुल्य समायोजन गरिएको छ । कम्पनीले ४२ प्रतिशत बोनस शेयर दिने भए पछि नेप्सेले मुल्य समायोजन गरेको हो । नेप्सले कम्पनीको शेयर आधार मुल्य १६९९.१० रुपैयाँ तोकेको छ ।

कम्पनीले चैत्र ८ गते बस्ने २८औं वार्षिक साधारण सभा मार्फत शेयरधनीहरुलाई ४२ प्रतिशत बोनस शेयर र २८.५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले घोषणा गरेको बोनस शेयर पछि चुक्ता पुँजी ४ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *