Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नविल इन्भेष्टमेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा सबिरबादे नियूक्त

नविल इन्भेष्टमेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा सबिरबादे  नियूक्त

काठमाडौं, १४ चैत । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सबिरबादे श्रेष्ठ नियूक्त भएका छन् । यसअघिका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण अधिकारीले जिम्मेवारी छाडेपछि उनलाई आगामी चार वर्षका लागि सो पदमा नियूक्त गरिएको हो ।

श्रेष्ठ विगत दुई वर्ष देखि नविल इन्भेष्टमेन्टमा कार्यरत छन् । बेलायतबाट एसिसिए गरेका उनीसँग स्वदेशी तथा विदेशी विभिन्न कम्पनीमा १० वर्ष चाटर्ड एकाउन्टेन्टको कार्यानुभव समेत छ ।

उनले आगामी दिनमा नविल इन्भेष्टमेन्टको सेवालाई अझ प्रभावकारी बनाउनुका साथै राजधानी वाहिर पनि पुर्याउने योजना रहेको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x