Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारः कतै सर्बोच्चको आदेश त कतै मुअब्जा दिने रकम नहुदाँ काम प्रभावित

त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारः कतै सर्बोच्चको आदेश त कतै मुअब्जा दिने रकम नहुदाँ काम प्रभावित

मानमती पाण्डेय
काठमाडौं, १४ चैत । साढे बाह्र किलोमिटरको त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तारको काम ढिलाइ हुदा सो क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । सरकारी निकायबीचको समन्वयको अभावमा निर्माण कार्यले गति लिन नसक्दा त्यहाँका स्थानीयबासी मात्र होइन यात्रुहरुले पनि ठुलो सास्ती खेप्नु परिरहेको छ ।

सो सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले ८ करोड २७ लाख रुपैयाँको लागतमा विसं २०७२ असार १३ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार गतपुस ३० गते नै काम सम्पन्न भइसक्नुपर्ने तर सर्वोच्च अदालतको आदेश, स्थानीयले मुआब्जाको सम्बन्धमा गरेको विरोध र ठेकेदार स्वयंमको मनोमानिले गर्दा अहिले सम्म ५० प्रतिशत काम पनि सकिएको छैन ।

घर नभत्काईएका ठाँउमा पनि केही प्राविधिक कारण निमार्ण कार्यमा कठिनाइ भएको सडक विभाग योजना तथा डिजाइन महाशाखाका उपमहानिर्देशक मुक्ति गौतमले जानकारी दिए । ‘विधुतिय पोल, ट्रान्सर्फमर, टेलीफोनका तारहरु, टेलीफोन म्यानहोल, स्ट्रिट लाइट, रुख, घर टहरा, वाल, खानेपानी ट्यांकी आदिले निमार्ण कार्यमा अवरोध भइरहेको छ ।’ उनले भने ।
साढे बाह्र किलोमिटर क्षेत्रमा पर्ने ५ सय १७ वटा पोल मध्ये २ सय ७१ वटा पोल मात्र सारिएको छ । ४७ मध्ये १३ ट्रान्सर्फमर सारिएको छ भने २ सय ७९ मध्ये १ सय ३ टेलीफोन पोल तार सारिएको उनले जानकारी दिए । त्यस्तै ४० मध्ये १९ टेलीफोन म्यानहोल, ४३ मध्ये २७ सडक बत्ती, १ सय ३५ मध्ये १ सय १७ रुख काटिएको छ । ६ सय ६ मध्ये ३५ वटा घरटहरा सारिएको छ भने २सय ४६ विद्युत पोल, ३४ ट्रान्सर्फमर, १ सय ७६ टेलिफोन पोल, २१ टेलफोन म्यानहोल, १६ सडक बत्तीका पोलहरु, १८ रुख, ५ सय ७१ घरटहरा र १ खानेपानी ट्यांकी सार्न बाँकी छ ।

त्यस्तै पुरानो नैकाप, नयाँ नैकाप, तिनथाना, सतुंगल, गर्जुधारा तथा थानकोट क्षेत्रका स्थानीयबासीले सर्वोच्चमा रिट दायर गरी सर्वोच्च अदालतले स्थानीयलाई क्षतिपूर्ति नदिई काम नगर्न निर्देशन दिएपछि काम सुरु हुनै नसकेको छैन । कतै स्थानीयहरुले नै गठन गरेका सडक विस्तार पिडीत संघर्ष समितिबाट संगठित रुपमा निर्माण कार्यमा विरोध गर्ने जस्ता गतिविधी हुने गरेको गौतमले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा सडक बिस्तारका क्रममा छेउछाउका धेरै घरहरु भत्काउनु पर्ने हुन्छ तर ति घर धनीलाई उपत्यका विकास प्राधिकरणले मुआब्जा दिन नसकेको कारण पनि निर्माणमा केही समस्या सृजना भइरहेको छ ।

तर विभिन्न कारण सडक विस्तारको काम लम्बिदै जाँदा सडक जामले आवत जावतमा सास्ती परेको र हिउँदमा धुलो त बर्खामा हिलोको समस्या खेप्नु परेको भन्दै सर्वसाधारणहरुले भने सडक निर्माणलाई तीब्रता दिन सरकारसँग आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x