नबिल बैंकका ग्राहकलाई आजदेखि ३७ दिनसम्म विभिन्न अफर

काठमाडौं, २८ असार । नबिल बैंकले ३७ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित “३७ डेज अफ ह्यापिनेस”अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकले आज देखी ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुट दिनेछ ।

यो अफर आजदेखि भाद्र १ सम्म लागु हुने बैंकले जनाएको छ। सन् १९८४ देखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल नबिलको १३५ शाखा, १८३ एटिएम र १५ सय भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *