Date

शनि, भदौ २८, २०८२
Sat, September 13, 2025

नेप्से ४५ अंकले घटेको दिन करिब १० अर्बको कारोबार

नेप्से ४५ अंकले घटेको दिन करिब १० अर्बको कारोबार

काठमाडौं, २८ असार । सोमबार पुनः शेयर बजारमा गिरावट आएको छ । आइतबार ७४.७१ अंकले बढेर २८९९.८२ विन्दुमा रोकिएको नेप्से सोमबार पुनः ४५.०६ अंकले घटेर २८५४.७६ विन्दुमा झरेको छ।

सेन्सेटिभ इन्डेक्स पनि ८.६२ अंकले घटेको छ।

कारोबारमा आएका १३ समूह मध्ये म्युचुअल फन्ड बाहेक अरु सबै समूह घटेपनि नेप्सेमा दबाव परेको हो । म्युचुअल फन्ड समूह पनि ०.१६ प्रतिशतले मात्र बढेको छ ।

कारोबार भने आइतबारको तुलनामा बढेको छ । सोमबार २ सय २९ कम्पनीको ९ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा धेरै हिस्सा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको रहेको छ । यस लघुवित्तको ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै यो दिन सबैभन्दा धेरै कमाउँनेमा समृद्धि फाइनान्सका लगानीकर्ता परेका छन् भने धेरै गुमाउँनेमा युनियन हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *