Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

काठमाडौं, २८ असार । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७८ बहुमतले पारित भएसँगै प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित भएको हो ।

यसअघि आइतबार भएको विनियोजन विधेयक २०७८ को विभिन्न शीर्षकमाथिको छलफलपछि बजेट बहुमतले पारित भएको होे । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजन विधेयक २०७८ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७८ प्रदेश सभामा स्वीकृतिका लागि पेस गरेका थिए ।

यस्तै अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रदेश सभाका सदस्यहरुले प्रतिपक्षी दलहरुको अनुपस्थितिमा जबर्जस्ती विनियोजन विधेयक पारित गरेकोमा आपत्ति जनाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x