Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि : निवर्तमान प्रम ओली

असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि : निवर्तमान प्रम ओली

काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको बताएका छन् । नयाँ प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवाले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले यस अवधिमा नयाँ संविधान कार्यान्वयनमा ल्याई संघीयतालाई सुढृढीकरण गर्दै भौतिक पूर्वाधार विकास निर्माणलाई तीव्र बनाएको बताएका हुन् ।

ओलीले कोरोना महामारी तथा बाढीपहिराबाट भएको क्षतिको पुनर्निर्माण र अन्य पूर्वाधार तथा सामाजिक विकासका लागि स्पष्ट योजना र कार्यक्रमसहित अघि बढेको बताए । राष्ट्रिय सार्वभौमसत्ता र देशको स्वाधीनतालाई सबल बनाउँदै जानुपर्नेमा त्यस्तो नहुन नसकी राजनीतिलाई विपरीत दिशातर्फ लान खोजिएको आरोप लगाउँदै उनले प्रतिनिधिसभाको बाँकी कार्यकाल सफल होस् र समयमा निर्वाचन होस् भन्ने आफ्नो चाहना भएको बताए । आफूले लोकतन्त्रका लागि सात दशक व्यतीत गरेको स्मरण गर्दै उनले राजनीतिकबाहेक अराजनीतिक खालका अनुचित हतकण्डा आफूबाट कल्पनासमेत हुन नसक्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x