Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

काठमाडौं, ३० असार । एनआईसी एशिया बैंकले ल्याएको न्यूसुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खेलेका दमक–५, निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।

उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ । बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको गजेन्द्र विक्रम कटुवालले बताए । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका चार सय ८५ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको ३ करोड २० लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

बैंक हाल मुलुकभर तीन सय ५६ शाखा कार्यालयहरू, चार सय ७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *