आज पनि बढ्यो सुनको मूल्य, ९२ हजार ७०० रुपैयाँमा कारोबार
काठमाडौं, ३० असार । बुधबार छापावाला सुनको मुल्य बढेर कारोबार भएको छ । मंगलबार सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएकोमा आज भने ३०० रूपैयाँले बढेर ९२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
गत कारोबार दिन चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले घटेर १ हजार३१५ रूपैयाँ कायम भएको छ ।