नेपाल राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक
काठमाडौं, असार । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ । असार ३० गते (आज) आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेकी हुन् ।
एपमा बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।
उक्त एप हालको लागि ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने बताइएको छ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ । देहायमा उल्लेखित लिङ्कमार्पmत एन्ड्रोइड मोबाइलमा उक्त एप इन्स्टल गर्न सकिनेछ ।