Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

माउण्ट रसुवा हाइड्रोपावरको मिदिम–१ जलविद्युत आयोजनामा लक्ष्मी बैंकले लगानी गर्ने

माउण्ट रसुवा हाइड्रोपावरको मिदिम–१ जलविद्युत आयोजनामा लक्ष्मी बैंकले लगानी गर्ने

काठमाडौं, ३० असार । माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि.ले निर्माण गर्न लागेको मिदिम खोला–१ जलविद्युत् आयोजनामा लक्ष्मी बैंक लिमिटेडले कर्जा लगानी गर्ने भएको छ । गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित १३.४३४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि बैंकले कर्जा लगानी गर्ने असार ३० गते सम्झौता भएको हो ।

उक्त आयोजनाको निर्माण लागत जम्मा २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता २०७५ माघ ७ गते भइसकेको छ । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ कार्तिक ३ गते विद्युत उत्पादन अनुमति प्राप्त गरिसकेको छ । माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. लाई रसुवा कन्स्ट्रकशन प्रा.लि. लगायत अन्य व्यक्तिहरुले प्रवद्र्धन गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *