Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिँगटीखोलाको २५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा, तल्लो अरुणको ईआईए प्रक्रिया शुरू हुँदै

सिँगटीखोलाको २५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा, तल्लो अरुणको ईआईए प्रक्रिया शुरू हुँदै

काठमाडौं, ३ साउन । सिँगटी–लामोसाँघु प्रसारण लाइनमा सिंगल सर्किट तार तान्ने काम सम्पन्न भएसँगै केन्द्रीय विद्युत् प्रणालीमा २५ मेगावाट विद्युत् थप भएको छ । दोलखाको सिँगटीखोलामा निर्मित सिँगटीखोला जलविद्युत् आयोजनाबाट उक्त प्रसारण लाइनमार्फत २५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

प्रसारण लाइन नहुँदा सम्पन्न भइसकेका सिँगटीखोला, सिप्रङखोला, तल्लो खारेखोला लगायत विद्युत् आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको थियो ।

तत्काल १३२ केभी प्रसारण लाइन मार्फत आउने तल्लो खारेखोलाको विद्युत् जोड्न समस्या नभएको, तर ३३ केभी प्रसारण लाइनबाट आउने साना आयोजनाको विद्युत् प्रसारण गर्न भने सिँगटी सबस्टेशनमा केही उपकरण जडान गर्न बाँकी रहेको सिँगटी–लामोसाँघु प्रसारण लान आयोजनाका आयोजना प्रमुख राजन ढुंगेलले बताए । १३२ केभी प्रसारण लाइनबाट सबस्टेशनमा विद्युत्गृहहरूबाट आउने विद्युत् अब केन्द्रीय प्रसारणमा जोड्न सकिने आयोजना उनको भनाइ छ ।

यसैबीच, सरकारले तल्लो अरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को प्रक्रिया अगाडि बढाएको छ । विद्युत् विकास विभागले एक सूचनामार्फत सो आयोजनाको प्रभाव क्षेत्रभित्र इआईएको काम सम्पन्न भई प्रारम्भिक प्रतिवेदन तयार भएको उल्लेख गरेको छ । उक्त प्रतिवेदन सार्वजनिक गर्दै विभागले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।

संखुवासभाको चिचिला गाउँपालिका वडा नं २ र ३, सिलिचोङ गाउँपालिका वडा नं ४ र ५, खाँदबारी नगरपालिका वडा नं २, १० र ११ तथा भोजपुरको सालपासिलिछो गाउँपालिका–१ र षडानन्द नगरपालिकाको वडा नं १, ५ र ६ प्रभावित हुनेछ । विभागले यसअघि तयार पारेको प्रतिवेदनका आधारमा आवश्यक राय तथा सुझावका लागि सार्वजनिकरुपमा आह्वान गरेको हो । विभागले कूल ४७४.२५ मेगावाट क्षमताका लागि तयार पारेको उक्त प्रतिवेदन रायसुझावका लागि सार्वजनिक गरेको हो । लगानी बोर्डले भने सोही आयोजना भारतीय कम्पनी सतलज विद्युत् निगमलाई निर्माण प्रक्रिया अगाडि बढाउनका लागि सम्झौता गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x