एनआरएनएको १० औं साधारण सभा कात्तिक ६ देखि

काठमाडौं, ३ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं एनआरएन ग्लोबल सम्मेलन र १० औं साधारणसभा आगामी कात्तिक ६ देखि ८ गतेसम्म गर्ने निर्णय गरेको छ। त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले संघले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो ।

यस्तै निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *