Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नबिल बैंकले साउन १० देखि तीन अर्बको ऋणपत्र निष्काशन गर्ने

नबिल बैंकले साउन १० देखि तीन अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । नबिल बैंकले साउन १० गतेदेखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ दरमा कुल ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो ।

यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्रमा वार्षिक आठ प्रतिशत ब्याजदर पाइनेछ ।

यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । यो ऋणपत्रमा साउन १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x