स्काईवर्थ ७ मोसन डीडी वासिङ्ग मेसिन नेपाली बजारमा
काठमाडौं, ४ साउन । स्काईवर्थले नेपालमा “सेभेन स्टार प्रो वाश टेक्नोलोजी” को लन्च गरेकोे छ । यसले एक प्रीमियम एस्थेटिक्स प्रदान गर्ने र उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागि वास कार्यक्रम अनुसार ७ विभिन्न गतिहरू कार्यान्वयन गर्ने जनाइएको छ।
उच्च टिकाऊ र एड्भान्स्ड इनभर्टर डाइरेक्ट ड्राइभ मोटरसँग रहेको १० वर्षको वारेन्टीले कम्पनीले जनाएको छ। स्मार्ट एप्लिकेसन नेशनल सेल्सका प्रमुख भास्कर मुननकर्मी ७ मोसन टेक्नोलोजीले अधिक सजिलैसँग कपडालाई स्वतन्त्र रूपमा ड्रम भित्र जानका लागि मद्धत गरी लुगा धुने कार्यलाई निकै सहज बनाउँने बताए ।
इन्भर्टर डायरेक्ट ड्राइभ मोटर सीधै ड्रममा जोडिएको हुन्छ जसले कम आवाज, राम्रो स्थिरता, उच्च स्थायित्व र ऊर्जा बचत प्रदान गराउँछ । पारम्परिक कन्भेक्शनल बेल्ट पुली प्रणालीले भने अधिक आवाज, अधिक भाइब्रेसन र उच्च उर्जा खपत गर्दथ्यो ।