Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शेयर बजारमा करेक्सन, ९ अंकले घट्दा ७ अर्ब ८९ करोडको कारोबार

शेयर बजारमा करेक्सन, ९ अंकले घट्दा ७ अर्ब ८९ करोडको कारोबार

काठमाडौं, ५ साउन । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचकमा करेक्सन आएको छ । लगातार उकालो लागेको बजार आज ९.०१ अंकले घटेर बन्द भएको छ । परिसूचकमा दिनभरी नै उतारचढाव आएर २९८५ विन्दुमा रोकिएको छ ।

आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजारभन्दा बढी कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्विटी फण्ड, बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपाल लिमिटेडको भएको छ । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने बरुण र माउन्टेन हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री अरुण कावेली पावर लिमिटेडको भएको छ । यो कम्पनीको ३८ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ५३३ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x