माछापुच्छ्रे बैंकलेसहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिदिने

काठमाडौं, ५ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले हालको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने भएको । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त अस्पतालमा कोरोना विशेष वार्डको स्थापना गरिदिन लागेको हो ।

कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धि सम्झौता पत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका हुन् । सम्झौता पश्चात बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्ने जानकरी दिएको छ ।

माछापुच्छ्रे बैंकले हाल १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानबाट सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *