चेम्बर अफ कमर्सद्वारा सुन चाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन
काठमाडौं, ६ साउन । नेपाल चेम्बर अफ कमर्सले रमेश महर्जनको सभापतित्वमा गठित सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेको छ । उक्त समितिको उपसभापतिमा दियेश रत्न शाक्य र सुमन मान ताम्राकार मनोनित भएका छन् । यस्तै सदस्यहरुमा केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार , किशोर पाण्डे, सुर्य कुमार वराल र अर्जुन विश्वकर्मा मनोनित भएका छन् ।
कमर्सका अध्यक्ष राजेन्द्र मल्लले समितिमा सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रमा लामो अनुभव हासिल गरेकाहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सुन चांदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रको प्रवद्र्धनको लागि तय गरिने नीति तथा पैरवीको लागि उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राखेको बताए ।



