Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

कैलाली भन्सार कार्यालयले गत वर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन गर्यो

कैलाली भन्सार कार्यालयले गत वर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन गर्यो

धनगढी, ८ साउन । कैलाली जिल्लामा कैलाली भन्सार कार्यालयबाट राजस्व सङ्कलन गत आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्यभन्दा बढी भएको छ। कैलाली भन्सार कार्यालयबाट लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन भएको कार्यालयले जनाएका छन् ।

कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा झण्डै १०७ प्रतिशत बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा कैलाली भन्सार कार्यालयलाई आठ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकामा आठ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार सुचना अधिकृत अम्बीका केसीले जानकारी दिए । कैलाली भन्सार कार्यालयबाट गत वर्ष पेट्रोलियम पदार्थ, ट्र्याक्टर, खाद्यान्न तथा फलफूलजस्ता वस्तुको आयात धेरै भएको र सबैलाई कदरको दायरामा ल्याउन प्रयास निरन्तर गरिरहेको केसीले बताईन ।

त्यस्तै भन्सार सुचना अधिकृत केसीले वार्षिक राजस्व संकलनको आकार बढ्नुमा भन्सारको आन्तरिक कार्यविधिमा भएको सुधार, जाँचपास प्रणालीमा भएको स्तरियता र चोरी पैठारी नियन्त्रण तथा न्युनिकरणको प्रभाव रहेको बताईन । गतवर्षभन्दा यसवर्ष आयातमा पनि वृद्धी भएकाले पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सकेको उनको भनाई रहेको छ ।

आगामी कार्ययोजनाको विषयमा बोल्दै केसीले यसवर्ष भन्सार कार्यालय कैलालीको कार्यप्रणालीमा सुधार, प्रवृधिको अत्याधिक प्रयोग र सुरक्षा निकायसँग समन्वय गरी चोरी पैठारी तथा तस्करीका गतिविधिमा नियन्त्रण गर्दै यथार्थ राजस्व संकलनमा केन्द्रित हुने बताईन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *