Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भोलिदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुल्ने, टिकट काटेर मात्र यात्रा गर्न अनुरोध

भोलिदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुल्ने, टिकट काटेर मात्र यात्रा गर्न अनुरोध

काठमाडौं, ८ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै लामो दूरीका सार्वजनिक यातायात खुलाउने निर्णय गरेको छ । साउन ४ गते बसेको मन्त्रीपरिषद्को बैठकलेको निर्णय अनुसार भोलिदेखि लागू हुने गरी मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने भएको हो ।

शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई सहज बनाउँन लामो दूरीका यातायात सञ्चालनमा ल्याउाने निर्णय गरेको बताएको छ ।

त्यस्तै लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर मात्र यात्रा गर्न प्रशासनले भनेको छ ।

काठमाडौंको निषेधाज्ञा साउन १० गते मध्यरातसम्म कायमै रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x