Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

फुडमाण्डूमा इसेवामार्फत भुक्तानी गर्दा तीन सयसम्म छुट पाइने

फुडमाण्डूमा इसेवामार्फत भुक्तानी गर्दा तीन सयसम्म छुट पाइने

काठमाडौं, ११ साउन । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । यसमा इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा दिइनेछ र फुडमाण्डूका प्रयोगकर्ताहरुले पनि थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने बताइएको छ।

फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहजहुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए । फूडमाण्डूको अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भईरहेको उनले जानकारी दिए ।

यो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको छ । यस्तै सहकार्यको अवसरमा फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा तीन सय रुपैयाँसम्मको छुट दिने घोषणा समेत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x