Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ज्योति विकास बैंकद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

ज्योति विकास बैंकद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं, ११ साउन । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । बैंकले स्थापनाको १३औँ वार्षिकोत्सव मनाउँदै सहायता दिएको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई “न्यानो नानी” परियोजना– २ को लागि सहयोग प्रदान गरेको जनाइएको छ।

नवजात शिशुको शाररिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा “न्यानो नानी” बेबी वार्मर बनाउन १० लाख २० हजार प्रदान गरेको हो । कार्यक्रममा अध्य​क्ष हरि प्रसादले बैंकले समाजमा उद्यमी क्षमताको विकास गर्न सधैं क्रियाशील रहने र समाज तथा नागरिकबाट प्राप्त सुझावहरुलाई अनुसरण गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

१३ औं वार्षिकोत्सवको अवसरमा बैंकले “ज्योति परिवर्तनकारी कर्जा” नामक कर्जा योजना सार्वजनिक गरेको छ । उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मुल्यांकन तथा न्युनतम कागजात सहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरुको लागि ल्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x