Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

काठमाडौं–तराई द्रुतमार्ग : २५ अर्ब ३९ करोड खर्च हुँदा भौतिक प्रगति १६.१० प्रतिशत

काठमाडौं–तराई द्रुतमार्ग : २५ अर्ब ३९ करोड खर्च हुँदा भौतिक प्रगति १६.१० प्रतिशत

काठमाडौं, १६ साउन । काठमाडौं– तराई (मधेश) द्रुतमार्ग निर्माणमा हालसम्म २५ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढ नजिक पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने उक्त दु्रत राजमार्गको लागत १ खर्ब ७५ अर्ब अनुमान गरिएकोमा गत आर्थिक वर्ष २०७७÷७८ सम्ममा उक्त वित्तीय खर्च भएको हो । आयोजनाको भौतिक प्रगति भने हालसम्म १६.१० प्रतिशत रहेको निर्माणको जिम्मा पाएको नेपाली सेनाले बताएको छ ।

चार लेन र तीनवटा सुरुङसहितको उक्त मार्गको लम्बाई ७२.५ किमी रहेको छ । विशेष प्रकृतिका १६ सहित ८७ वटा पुल रहने दु्रतमार्गका लागि गत आर्थिक वर्षमा ८ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन भएकामा वार्षिक प्रगति ९७.३५ प्रतिशत रहेको आयोजना निर्देशक विकास पोखरेलले जानकारी दिए ।

आयोजनाको आवश्यकता अनुसार पाँच हजार १७२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएकामा चार हजार ७४५ रोपनी जग्गा प्राप्ति भएकामा ४२७ रोपनीको मुआब्जा वितरण गर्न बाँकी रहेको बताइएको छ । खोकना बुगमती क्षेत्रमा भने हालसम्म स्थानीय विवाद सुल्झन नसके पनि अव निकट भविष्यमै समाधान हुने अपेक्षा गरिएको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x