Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

५ हजार २२३ पुग्यो विदेशी लगानीका उद्योग दर्ता

५ हजार २२३ पुग्यो विदेशी लगानीका उद्योग दर्ता

काठमाडौं, १६ साउन । गत आर्थिक वर्ष २०७७÷७८ सम्ममा विदेशी लगानीका उद्योग दर्ता ५ हजार २२३ पुगेका छन् । उद्योग विभागका अनुसार सो अवधिसम्म्ममा ठूला, मझौला र साना गरी उक्त संख्यामा विदेशी लगानीका उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका कुल उद्योगमध्ये साना उद्योग सबैभन्दा धेरै ४ हजार ३८७ रहेका छन् । यस्तै मझौला उद्योग दर्ता संख्या ५२९ र ठूला उद्योग ३१७ वटा दर्ता भएको विभागको तथ्यांक छ ।

दर्ता भएका कुल उद्योगमा ३ खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ । सो संख्याका सबै उद्योग स्थापना एवं सञ्चालन हुँदा कुल २ लाख ७४ हजार ७७४ जनाले रोजगारी पाउने उल्लेख छ ।

गत आवमा मात्रै दर्ता भएका विदेशी लगानीका उद्योग भने २२३ रहेको छ । सो अवधिमा ठूला, मझौला र साना गरी उक्त संख्यामा दर्ता भएको उद्योगमा ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५ अर्ब ७८ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा कुल ३२ अर्ब २ करोड रुपैयाँ लगानीको प्रस्तावसहित १८१ वटा उद्योग दर्ता भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x