Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

किसानहरुलाई कृषि कर्जा प्रदान गर्न नबिल बैंक र डीभी एक्सिलसबीच सहकार्य

किसानहरुलाई कृषि कर्जा प्रदान गर्न नबिल बैंक र डीभी एक्सिलसबीच सहकार्य

काठमाडौं, १६ साउन । नबिल बैंक र डीभी एक्सिलस (खेती एप) द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहुँच प्रदान गर्न सहकार्य गरेको छ । यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तिय पहुँच प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडि बढेको छ । किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्दछन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एसएमई तथा लघुवित्त प्रमुख निरज बस्नेतको उपस्थिति थियो । डीभी एक्सिलसको तर्फबाट मुख्य संचालन अधिकृत किरण नायर, मुख्य प्रविधि अधिकृत सुभाष भट्टराईको उपस्थिति थियो ।

बैंका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकले सदैब दीगो बैकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दीगो विकासलाई सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सहकार्य अन्तर्गत खेती एपको माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ । खेती एपमा दर्ता भएका कृषकहरुले एपबाट नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन ।

डीभी एक्सिलसका निर्देशक प्रधानले सहकार्यको माध्यमबाट डी भी एक्सिलस सक्रिय रूपबाट आफ्नो खेती एपको माध्यमबाट नेपाली किसानहरुलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x